मकवानपुर कोरोना अपडेट : सोमबार थप १ सय १८ जनामा संक्रमण

हेटौंडा टुडे
१८ श्रावण २०७८, सोमबार १६:३३

हेटौँडा/मकवानपुरमा सोमबार थप १ सय १८ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार २४ घण्टामा गरिएको पिसिआर तथा एन्टिजेन परिक्षण्बाट १ सय १८ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा पिसिआर विधिबाट १ सय ७४ जनामा परिक्षण गरिदाँ ९५ जना तथा एन्टिजेनबाट ६४ जनामा परिक्षण गरिदाँ २३ जनामा कोरोना संक्रमण पुष्टि भएको पाईएको छ ।

यो सँगै मकवानपुरमा हाल १ हजार ५७ जना सक्रिय संक्रमित पुगेका छन् । कार्यलयका अनुसार संक्रमित मध्ये ९ सय ९९ जना होम आईसोलेसन र ५८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

FB_IMG_1627897966098-1627898467.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*