काठमाडौं/ साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा लगानीकर्ता अन्यौलमा देखिएका छन् । बजेट संशोधनका लागि सरकारले प्रतिस्थापन विधेयक ल्याएपछि मौद्रिक नीति ल्याउने भनेर बसेको राष्ट्र बैंकले बजेट संशोधन अगाडि नै मौद्रिक नीति ल्याउने भएपछि लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा बसेका छन् । लगानीकर्ता बजारमा तत्काल मूल्य घटाएर सेयर बेच्ने मनस्थितिमा छैनन् भने बढी मूल्यमा खरिद गर्ने मनस्थितिमा पनि छैनन् । जसले गर्दा सेयर बजारमा कम्पनीको मूल्यमा उच्च बार्गेनिङ देखिएको छ ।
जसका कारण सेयर बजारमा लगानीकर्ताको सक्रियता कम हुँदा नेप्सेमा खासै उतारचढाब छैन भने कारोबार रकम पनि घटेको छ । आज बजार परिसूचक नेप्से ४.०६ अङ्कले वृद्धि हुँदा ३०८५.०७ अङ्कमा बन्द भएको छ ।
आज नेप्सेमा बैंकिङ वित्त कम्पनी, उत्पादनमुलक, लघुवित्त र लगानी उपसूचक वृद्धि भएको छ । त्यस बाहेकका सबै उपसूचक घटेका छन् । लघुवित्त उपसूचक सवार्धिक २.२२ प्रतिशत, लगानी उपसूचक १.७ प्रतिशत, उत्पादनमुलक उपसूचक ०.६३ प्रतिशत, वित्त कम्पनी उपसूचक ०.३४ प्रतिशत र बैंकिङ उपसूचक ०.०९ प्रतिशतले बढेको छ ।
यता होटेल तथा पर्यटन उपसूचक सबैभन्दा धेरै १.४९ प्रतिशत, विकास बैंक उपसूचक १.२५ प्रतिशत, व्यापार उपसूचक १.१६ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.५६ प्रतिशतले घटेको छ । यस्तै म्युचुअल फन्ड उपसूचक पनि ०.९९ प्रतिशतले घटेको छ ।
उपसूचक कघेपनि आज पनि हाइड्रोपावर कम्पनी नै लगानीकर्ताको रोजाइमा परेका छन् । धेरै कारोबार हुने शीर्ष पाँच कम्पनीमा ३ ओटा हाइड्रो नै रहेका छन् । आइतबार १२ अर्ब माथिको कारोबार भएको बजारमा आज कारोबार रकम केही घटेर करिब ११ अर्बमा झरेको छ ।
दुई करोड १८ लाख ९४ हजार ३५५ कित्ता सेयर खरिदविक्री हुँदा १० अर्ब ९८ करोड ३६ लाख ८३ हजारको कारोबार भएको छ । आज मात्रै वित्तीय विवरण प्रकाशित गरेको अरूण काबेली पावरमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो कम्पनीको ३७ करोड ७५ लाख ४८ हजारको कारोबार भएको छ ।
यस्तै यसनिभर्स पावरको ३५ करोड ४८ लाख ५३ हजार, फस्र्ट माइक्रोफाइनान्सको ३४ करोड ३ लाख ५४ हजार, नागरिक लगानी कोषको ३२ करोड १९ लाख ८० हजार र रिडी हाइड्रोपावरको २८ करोड ८६ लाख ९२ हजारको कारोबार भएको छ ।
आज नेप्सेमा घलेम्दी हाइड्रोपावर र गुँरास लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै फस्र्ट माइक्रोफाइनान्सको ९.०९ प्रतिशत, यसनिभर्सल पावरको ९ प्रतिशत र आँखु खोला जलविद्युतको सेयरमूल्य ८.४२ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयरमूल्य ५.३३ प्रतिशत, युनाइटेड इदी मार्दी एन्ड आर्बी कम्पनकिो मूल्य ५.०७ प्रतिशतले घटेको छ । आज नेप्सेमा १८४ कम्पनीको सेयर कारोबार भएकोमा ९३ कम्पनीको मूल्य घटेको छ । यस्तै ८६ कम्पनीको मूल्य बढ्दा पाँच कम्पनीको भने स्थिर रहेको छ ।

















