
हेटौँडा/ मकवानपुरगढीमा सोमबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै मकवानपुरगढीमा कोरोना भाईरसबाट अहिले सम्म कुल ३सय १२ जनामा संक्रमण देखा परिसकेको छ ।
आजको मितिसम्म कुल संक्रमणमुक्त २ सय ८३ जना भने आजको दिन सक्रिय संक्रमित कुल २९ जना रहेका छन । जस मध्येमा १९ जना होमआईशोलेसन , ८ जना मक्रन्चुलिमा रहेको कोभिड अस्थाई अस्पतालमा उपचाररत रहेको छन।
आज सम्म मकवानपुरगढी गाउँपालिका भरमा ५ जनाको मृत्यु भैइसकेको छ । आजमात्र १४ दिन पूरा गरि ५ जना संक्रमणमुक्त भएका छन ।

सेयर गर्नुहोस्