हेटौंडामा देउवा सरकार विरुद्ध विरोध प्रदर्शन

हेटौंडा टुडे
१८ श्रावण २०७८, सोमबार १७:२५

हेटौँडा/हेटौंडामा वर्षा भईराख्दा पनि आज प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार विरुद्ध प्रदर्शन गरिएको छ ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आज हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन गरेको हो ।

दार्चुलाका जय सिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काट्दा ज्यान गुमाउन परेको र सरकार मौन रहेको भन्दै विरोध प्रदर्शन भएको हो ।

हेटौंडाको फरेष्टि गेटबाट सुरु भएको प्रदर्शन सिमाचोक,बुद्धचोक,मकवानपुर उद्योग वाणिज्य संग रोड हुँदै पुनः बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*