
हेटौँडा/मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पतालको नयाँ भवन निर्माण कार्यको शिलान्यास गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार एक समारोहका बीच अस्पतालको हाता भित्र निर्माण हुन लागेको भवनको शिलान्यास गरेका हुन् ।
बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको २३ करोड २७ लाखमा बन्न लागेको उक्त भवन ५ तल्ला सहित २०० शैयाको रहेनेछ ।
२०० शैयाको अस्पताल २ बर्ष भित्रमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको भौतिक मन्त्रालयका सचिव सञ्जिव बरालले बताए ।
शिलान्यास कार्यक्रममा बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल,सामाजिक विकास मन्त्री सरस्वती बस्नेत,हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाई लगायतको उपस्थिति रहेको थियो ।


सेयर गर्नुहोस्