हेटौँडा/ साताको तेस्रो दिन आज सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचादीँ व्यवसायी महासङ्घका अनुसार गत सोमबार प्रतितोला ५ सय रुपैँयाले घटेर ९२ हजार ३ सय रुपैँयामा कारोबार भएको सुनको मुल्य मगंलबार भने यथावत नै रहेको छ ।
यस्तै, तेजावी सुनको मुल्य पनि सोमबार कै मूल्यमा कारोबार भईरहेको सुनचादीँ व्यवसायी महासङ्घले जनाएको छ ।
तर, यता चाँदीको मूल्य भने केही दिनयताको स्थिरता तोड्दै मंगलबार प्रतितोला १० रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
सेयर गर्नुहोस्






















