आजको मौसम

हेटौंडा टुडे
१९ श्रावण २०७८, मंगलवार ११:२१

हेटौँडा/ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिंकाश भूभागमा सामान्य बदली रहने छ । भने देशका विभिन्न स्थानमा हल्का बर्षा भइरहेको महाशाखाले जनाएको छ ।

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,बागमती , गण्डकी, कर्णालि, सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,बागमती, गण्डकी र लुम्विनि प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*