वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट हटाइए डा.गौतम

हेटौंडा टुडे
२०७८ श्रावण १९, मंगलवार ११:३७ गते

हेटौँडा/ स्वास्थ्य मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हटाएकोप्रति बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले असन्तुष्टि प्रकट गरेका छन ।

आज बिहान मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको नयाँ भवनको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले बताए । मुख्यमन्त्रीले गौतमलाई सरुवा गरेर वर्तमान देउवा नेतृत्वको सरकारको लक्षण राम्रो नदेखाएको टिप्पणी पनि गरेका थिए।

कोरोना माहामारीको बीचमा महत्वपूर्ण भूमिका निवार्ह गरी काम गर्नेलाई सरकारले पा्रोत्साहन गनुपर्नेमा उनलाई वीर अस्पतालबाट सरुवा गरेर निरुत्साहन गरेको भन्दै आपत्ति जनाएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*