एन आई सी एशिया बैंकले संस्थापक समूहतर्फको ३ लाख ५० हजार ३६९ कित्ता शेयर बिक्री गर्ने

हेटौंडा टुडे
१९ श्रावण २०७८, मंगलवार ११:५३

हेटौँडा/ एन आई सी एशिया बैंक लिमिटेडले संस्थापक समूहतर्फको ३ लाख ५० हजार ३६९ कित्ता शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीको शेयर प्रतिकित्ता न्यूनतम मूल्य १ हजार ४६३ रुपैयाँमा बिक्री गर्ने बैंकको निर्णय अनुसार लगानीकर्ताहरूले साउन २९ गतेभित्र के कति दरभाउमा लिन कबुल गर्ने हो गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

बोलपत्र आवेदन फारम बैंकले तोकेको शाखा कार्यालयहरूबाट नगद भुक्तानी गरी लिन सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*