१८ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन खुल्यो

हेटौंडा टुडे
१९ श्रावण २०७८, मंगलवार १२:२८

हेटौँडा/ न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगको परीक्षा महाशाखाले १८ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो ।

यसैगरी महिला कोटाबाट २ तथा आदिवासी जनजाती र मधेसी कोटाबाट १ र १ जनाका लागि विज्ञापन खुलाइएको छ।आन्तरिकतर्फ ९ र खुलातर्फ पाँचजना न्यायाधीशका लागि विज्ञापन प्रकाशित गरिएको छ ।

परीक्षा केन्द्र लोक सेवा आयोगको अनामनगरस्थित कार्यालयमा तोकिएको छ। विज्ञापनसम्बन्धी थप जानकारीका लागि आयोगको वेवसाइटमा हेर्न सकिनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*