कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाकाे निर्देशन

हेटौडा टुडे
१९ श्रावण २०७८, मंगलवार १७:०९

हेटौँडा/ प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यसँग राजीनामा माग्न र कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुभएको छ ।

‘हितेन्द्रदेव शाक्यले दीर्घकालीन र ठूला आयोजनाको काम गर्न नसकेको र लोडशेडिङ फेरि बिउँतिने खालको सङ्केत दिने गरी काम गर्नुभएकाले उहाँलाई हटाउने तयारी थालीएको देउवाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*