
काठमाडौं /काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता लम्बिएको छ । आज बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले साउन २७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।
अबको निषेधाज्ञामा अनुगमनलाई कडा बनाउने समेत निर्णय गरिएको छ । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा साउन २० गते मध्यरातसम्म कायमै छ । साउन पहिलो सातादेखि नै निषेधाज्ञा खुकुलो पारिएको थियो ।
निषेधाज्ञा खुकुलो पारिएसँगै संक्रमण बढ्न थालेको छ । निषेधाज्ञाको समयमा जनस्वास्थ्यसम्बन्धी मापदण्ड कडाइका पालना गर्न गराउन सबैमा आग्रह गरिएको छ ।


सेयर गर्नुहोस्