भेरोसेल खाेपको दोस्रो मात्रा साउन २२ देखि

हेटौंडा टुडे
२० श्रावण २०७८, बुधबार १२:२९

हेटौँडा/ कोरोनाविरुद्वको भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति सरकारले साउन २२ गतेदेखि दोस्रो मात्राको खोप लगाउने भएको छ ।

साउन २२ गतेदेखि देशैभर भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि, गत असार २९ गतेदेखि ५५ वर्षभन्दा माथिका नागरिक र अत्यावश्यक सेवाका व्यक्तिलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो ।

साउन २२ गतेदेखि देशभरको ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयमार्फत कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गर्नेगरी स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णय भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*