
काठमाडौँ /करिब दुई किलो सुनसहित प्रहरीले काठमाडौँको गौशालाबाट तीनजनालाई पक्राउ गरेको छ । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार बिहान एक किलो ८५० ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।
कुबेतबाट आएका मानिसहरुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन लिएको पक्राउ परेका तीनजनाले बताएका छन् । सुन लिएर आउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्