श्रीमतीको हत्या गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ

टुडे संवादाता
२० श्रावण २०७८, बुधबार १२:५५

काठमाडौं /श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१६ चौमतीबाट ३३ वर्षीय रामेश्वर गोतामे पक्राउ परेका छन् । उनलाई बुधबार बिहान महानगरीय प्रहरी वृत बालाजुको टोलीले पक्राउ गरेको हो ।

नुवाकोट तादी गाउँपालिका-२ सातबिसे घर भई चैमतीमा डेरा गरी बस्दै आएका रामेश्वरले श्रीमती २८ वर्षीया बबिता राईको मंगलबार राति हत्या गरेको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*