हेटौँडा १० मा रहेको गण्डकी गेष्ट हाउसबाट लागुऔषध नाईट्रोभेट सहित २ जना पक्राउ

टुडे संवादाता
२० श्रावण २०७८, बुधबार १३:१९

हेटौँडा /मकवानपुर प्रहरीले ठुलो परिमाणमा लागुऔषध नाईट्रोभेट सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर १३ बस्ने १९ बर्षय सुवास गोले र सोही ठाउँ सोही उमेरको सरोज थिङ रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

दासका अनुसार उनीहरुको साथबाट १ हजार १ सय २५ ट्याब्लेट लागुऔषध नाईट्रोभेट फेला परेको हो ।

प्रहरीले मंगलबार बिषेश सूचनाको आधारमा प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटौँडा १० मा रहेको गण्डकी गेष्ट हाउस रेष्टुरेन्टबाट थिङ र गोले द्वयलाई पक्राउ गरीएको हो ।
उक्त फेला परेको लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*