
हेटौँडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय २७ किलो लागुऔषध गाँजासहित ३ जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ट्रक चालक भारत बैशाल बस्ने ३८ बर्षको रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुर बस्ने १८ बर्षको राहुल कुमार सहनी, ट्रकमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका ९ का ३० बर्षको रियाजुल अंसारी रहेको मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा बुधवार (आज) बिहान प्रहरीले मनहरी गाउँपालिका वडा नं. ८ सिमपानी स्थित बिआरई २८३९ नम्बरको भारतीय ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रक पछाडी ढालामा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा १ सय २७ किलो लागुऔषध गाँजा फेला परेको हो ।
उक्त गाँजा, ट्रक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


