
हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आज बिहानै प्रदेशको रामेछाप जिल्लामा प्रस्थान गरेका छन् । मुख्यमन्त्री पौडेल रामेछापको सदरमुकामसँग जोडिएको कालोपत्रे सडकको उद्घाट गर्न बिहानै त्यसतर्फ प्रस्थान गरेको प्रदेशको भौतिक पूर्वाधार तथा विकासमन्त्रीका स्वकीय सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, उक्त सडकको उद्घाटन गर्नको लागि मुख्यमन्त्री पौडेलसँगै भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाल पनि त्यसतर्फ प्रस्थान गरेका छन् ।
उनीहरु आज बिहानै सिन्धुली हुँदै त्यसतर्फ प्रस्थान गरेको भौतिक पूर्वाधारमन्त्री फुयालका स्वकीय सचिव विकेश फुयालले जानकारी दिए । उनका अनुसार, प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल भने केही दिन अघि नै उक्त उद्घाटन कार्यक्रमको आवश्यक तयारीको लागि रामेछाप प्रस्थान गरेका थिए ।

सेयर गर्नुहोस्