बागमती प्रदेशमा कोरोना नियन्त्रणको लागि आन्तरिक मामिला मन्त्रालय मार्फत साढे ३३ करोड खर्च

हेटौंडा टुडे
२० श्रावण २०७८, बुधबार १३:५७

हेटौँडा/ बागमती प्रदेशमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत ३३ करोड ४५ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ ।

वितेको आर्थिक वर्ष २०७७–७८ मा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले साढे ३३ करोड रुपैयाँ खर्च गरेको हो ।
कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले चालु आर्थिक बर्षको लागि पनि बागमती प्रदेश सरकारले २ अरब रुपैँया छुटयाएको छ ।

यसैगरी मन्त्रालयले विभिन्न स्थानिय तहहरुमा ११ करोड ११ लाख रुपैँया रकम उपलब्ध गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*