हेडक्वार्टरभित्रै सशस्त्र प्रहरी जवान मृत फेला

हेटौंडा टुडे
२०७८ श्रावण २०, बुधबार १४:३३ गते

हेटौँडा / धनगढी उपमहानगरपालिका– १, स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टरमा कार्यरत एकजना सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्।

डडेल्धुराको भागेश्वर गाउँपालिका– १, घर भएका हरिशकुमार शाही हेडक्वार्टरभित्रै बुधबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मृत्युको कारण खुल्न नसकेको र शव पोस्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*