मकवानपुरगढीमा बुधबार थप १ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
२० श्रावण २०७८, बुधबार १७:२६

हेटौँडा / मकवानपुरगढी गाउँपालिकामा बुधबार आज थप १ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा १ जनामा कोरोना पुष्टि भएको मकवानपुरगढीका स्वास्थ्य ईकाई प्रमुख ध्रुर्व प्रसाद लामिछानेले जानकारी दिए ।

स्वास्थ्य ईकाई प्रमुख लामिछानेका अनुसार नयाँ संक्रमित १ जना मात्र थपिएको र ३ जनाको पुनः परीक्षण गर्दा पोजेटिभ नै आएकोले नयाँ संक्रमित नजोडिएको बताएका छन् ।

हालसम्म गढीमा कुल संक्रमण संख्या ३ सय १५ जना रहेका छन् । मक्रान्चुलीमा रहेको कोभिड १९ आइसोलेसन सेन्टरमा ६ जना संक्रमित रहेका छन् भने २ जना आइसोलेसन वाड्र्बाट डिस्चार्ज भएका छन् , त्यस्तै २३ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना अस्पतालमा उपचाररत छन् ।

गढीमा आजको दिनसम्म ३१ जना सक्रिय संक्रमित रहेका छन् । २ सय ८४ जना संक्रमणमुक्त भएका छन् ,भने ५ जनाको मृत्यु भईसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*