
हेटौँडा/ बुधबार पनि शेयर बजार परिसूचक नयाँ उचाइमा पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंकले उकालो लागेर ३१ सय २३ को उचाइमा पुग्यो ।
कारोबार पनि उच्चनै साढें १५ अर्ब माथि रह्यो । जलविद्युत समूकमा १ सय ९४ अंकको उच्च बृद्धि आयो । जलविद्युत, वित्त र विकास बैंक समूह पनि दोहोरो अंकले उकालो लागे । वाणिज्य बैंक समूह सामान्य अंकले हरियो रह्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २५ कम्पनीको २ करोड ८८ लाख कित्ता शेयर १५ अर्ब ६० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।


सेयर गर्नुहोस्