बागमती पुल निर्माण सम्पन्न हुन नसक्दा स्थानीयहरुलाई सास्ती

हेटौंडा टुडे
२१ श्रावण २०७८, बिहीबार ११:१३

हेटौँडा/ बर्षयामको शुरुवात भएसगैँ मदन भण्डारी राजमार्गको निर्माणाधीन धरान चतरा सिन्धुली हेटौंडा सडकको मकवानपुर जिल्लाको बागमती गाउँपालिका ४ र सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका ३ को सिमानामा पर्ने बागमती नदीमा १० वर्ष देखि बागमती पुल निर्माण सम्पन्न हुन नसक्दा स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।

हाल निर्माणाधीन बागमती पुलको करिब ८० प्रतिशत काम सम्पन्न भएको छ । १२ ओटा पिलर भएको ७१३ मिटर लम्बाइको बाग्मती पुलको लागत भ्याटबाहेक रू २३ करोड ५३ लाखमा २०६८ असार महीनामा स्वच्छन्द निर्माण सेवाले निर्माण शुरु गरेकोमा २०७३ असारमा सम्पन्न गर्ने अवधिमा सम्पन्न नभएपछि पटकपटक गरी पाँचपटक म्याद थप गरेकामा हाल पुलको काम ८० प्रतिशत सकिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*