बागमती गाउँपालिकामा सामुदायिक आँखा केन्द्र संचालन हुदैँ

हेटौंडा टुडे
२०७८ श्रावण २१, बिहीबार ११:२० गते

हेटौँडा/ पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा सामुदायिक आँखा केन्द्र संचालन हुने भएको छ । आँखा केन्द्र संचालनको लागि बुधबार बागमती गाउँपालिका र तिलगंगा हेटौंडा सामुदायिक आँखा अस्पताल बीच सम्झौता भएको हो ।

आखाँ सवेदनशील अगं हो । आँखा केन्द्र संचालनको लागि गाउँपालिकाले दुईजना स्वास्थ्यकर्मीको लागि पारिश्रमिक बापतको रकम वार्षिक रूपमा अनुदान स्वरूप उपलब्ध गराउनु पर्ने, संचालन केन्द्रको स्थान र आवश्यकीय भौतिक पुर्वाधारको व्यवस्था गर्नुपर्ने , प्रचारप्रसार गर्नुगर्ने, सेवा संचालनको लागि उपयुक्त वातावरण तयार गर्नुगर्ने, पालिका भित्रका शैक्षिक संस्थामा अध्ययनरत वालवालिका, विपन्न वर्ग, अपांग, एकल महिला , अति विपन्न समुदायको लागि विशेष कार्यक्रम संचालन गर्नुपर्ने, आवश्यक बजेट विनियोजन गर्नुगर्ने र अस्पतालको तर्फबाट आवश्यक सामाग्री तथा उपकरण , आवश्यकता अनुसारको प्राविधिक जनशक्ति उपलब्ध गराउने साथै आवश्यकीय वजेट विनियोजन गर्ने लगाएतका द्वीपक्षीय सम्झौता भएको छ । सम्झौता हस्ताक्षर गरेको मितिले आगामी पाँच वर्षसम्म कायम रहने सम्झौता उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*