
हेटौँडा/ हाल नेपालमा मनसुनी वायुको प्रभावको कारण आज देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा हल्कादेखि मध्यम बर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसोः लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १ ,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।


सेयर गर्नुहोस्