करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु

हेटौंडा टुडे
२०७८ श्रावण २१, बिहीबार ११:३५ गते

हेटौँडा/ करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।

बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको र दुबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*