मकवानपुरमा ९२ प्रतिशत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न

हेटौंडा टुडे
२१ श्रावण २०७८, बिहीबार १२:०२

हेटौँडा/ २०७२ सालको भुकम्पका कारण क्षतविक्षत भएका मकवानपुर जिल्लाका ४ सय ९ मध्ये ७५ प्रतिशत विद्यालयको भवन पुननिर्माणको काम सकिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा )ले जनाएको छ । जसमा ६ बर्षको अवधिमा ९२ प्रतिशत विद्यालयको पुनर्निर्माण सकिएको छ ।

गत आर्थिक वर्ष ०७७ र ७८ सम्म जिल्लाभित्र कुल ३ सय ७५ विद्यालयको एक हजार ६ सय ६५ कक्षाकोठा निर्माण गरिएको हो । विद्यालय पुनर्निर्माण तीन वटा मोडालिटीमा गरिएको छ ।

पुनर्निर्माण मध्ये व्यवस्थापन समितिमार्फत तीन सय १३, संस्थाको सहजीकरणमा ३२, जापान सरकारको ऋण सहयोग जाइका र एशियाली विकास बैंक एडीबीका तर्फबाट ३४ छन् । विद्यालयमा कक्षा कोठाबाहेक एक सय ४९ विद्यालयमा शौचालय र ८४ विद्यालयमा खानेपानी व्यवस्थापन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*