वाग्मती प्रदेशमा ‘छोरी-बुहारी छात्रवृत्ति कार्यक्रम’लाई निरन्तरता

हेटौंडा टुडे
२१ श्रावण २०७८, बिहीबार १२:२२

हेटौँडा/ वाग्मती प्रदेश सरकारले छोरी बुहारीहरुलाई छात्रवृत्ति उपलब्ध गराएर पढाउन थालेको छ। प्रदेश सरकारले यसलाई निरन्तरता दिएको छ।

नीति तथा कार्यक्रममा नै छोरी बुहारीको शिक्षामा जोड दिँदै प्रदेश सरकारले छोरी बुहारी छात्रवृत्ति कार्यक्रम ल्याएको हो।

प्रदेश सरकारले विज्ञान, स्नातक प्राविधिक तथा व्यवसायिक शिक्षा लगायतका प्राविधिक विषयमा प्रदेशका छोरी बुहारीलाई छात्रवृत्ति दिने गरेको छ।

छोरी बुहारी छात्रवृत्ति अन्तर्गत गत आव २०७७ र ०७८ मा १८६ जनाले अध्ययन गरेको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी शारदाकुमारी मैनालीले जानकारी दिइन्। ५ सय जनाको कोटा रहेको उक्त छात्रवृत्ति कार्यक्रम अन्तर्गत जम्मा १८६ जना मात्रै छोरी बुहारी छनोट भएका हुन्।

गत आर्थिक वर्ष २०७७र०७८ मा ३३५ जनाको कोटा रहेकामा प्रदेशमा स्नातक तहको विज्ञान विषय बाहेक ५ सय वटा आवेदन परेको थियो। जसमध्ये १७६ जनाले प्रतिव्यक्ति १९ हजारका दरले छात्रवृत्ति प्राप्त गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*