कोईराला र हुसेन जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि जेल चलान

हेटौंडा टुडे
२०७८ श्रावण २१, बिहीबार १२:३० गते

हेटौँडा/ जेठ २५ गते हेटौंडा-४ स्थित एक घरबाट पक्राउ परेका ६ जना मध्य २ जना जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन । ४ जना भने ३० हजार धरौटीमा छुटेका छन। भने ४ जना ३० हजार धरौटीमा छुटेका छन ।

मकवानपुर प्रहरी टोलीले जेठ २५ गते हेटौंडा-४ स्थित जुवाको खालबाट ४० बर्षीय रुस्तम कोईराला,५४ बर्षीय अमर प्रधान, ४० बर्षीय प्रकाश मानन्धर, ३३ बर्षीय बिनोद घर्ति र चितवन घर भएका ४४ बर्षीय सुरेश पौडेल र ५० बर्षीय अख्तर हुसेनलाई पक्राऊ गरेको थियो भने प्रहरीले जुवातास खेलिरहेको स्थानबाट जवरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी किशोरीलाई समेतलाई फेला पारेको थियो।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजलासले जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका ६ जना मध्य हेटौंडा-४ का रुस्तम कोईराला र ५० बर्षीय अख्तर हुसेनलाई जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*