हेटौँडा/ बागमती प्रदेशमा तीन वर्षको अवधिमा निर्माण सक्नेगरी ४७ वटा प्रहरी कार्यालयका भवन निर्माणको काम सुरु गरिएको थियो ।
३६ वटा प्रहरी कार्यालयको भवन निर्माणको काम सकिएको छ । अरु ११ वटाको भवन निर्माण हुने चरणमा पुगेको छ । ११ वटा भवनको ९० प्रतिशत काम सम्पन्न भएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत प्रहरीका भवन निर्माण भएका हुन् । प्रदेश प्रहरी कार्यालय अन्तरगतका बिभीन्न प्रहरी चौकी, इलाका प्रहरीका भवन निर्माण गरिएको हो ।
प्रदेश सरकार मातहत प्रहरी नभएपनि उसका भवन निर्माण, सवारीका साधन भने बागमती सरकारले खर्च गर्दै आएको छ ।
सेयर गर्नुहोस्