हेटौँडा/ कोरोना माहामारी बढेसगैँ मकवानपुरमा पटक पटक निषेधाज्ञा थप गरिएको छ । कोरोना भाईरसलाई मध्यनजर गर्दै व्यापार, व्यवसाय र विद्यालय बन्द गरिएको बेला पछिल्लो समयमा निषेधाज्ञा खुकुलो भएसगैँ मकवानपुरमा विद्यालयहरु सञ्चालनमा त आयो तर विद्यार्थीको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले वैकल्पिक माध्यमबाट मात्र पढाउने अनुमति दिईएको थियो ।
कोरोना माहामारी बढिरहेको समयमा अहिले विद्यालयहरुले भौतिक रुपमा नै विद्यालय सञ्चालन गरेको छ, जसले गर्दा माहामारी फैलने जोखिम बढी छ । दिनानुदिन संक्रमितको संख्या बढिरहेको भएतापनि यसलाई वेवास्ता गर्दै मकवानपुर प्रशासनले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्नेमा मकवानपुरगढी गाउँपालिका भित्रका विद्यालहरु पनि परेको छ ।
गाउँपालिको वडा नंबर ५ मा रहेको शारदा मावि लगाएतका गाउँपालिका स्थित अन्य विद्यालयहरुले निषधाज्ञालाई वेवास्ता गर्दै विद्यार्थीहरुलाई भौतिक रुपमा उपस्थित गराएर संक्रमणको जोखिमलाई बढाएको गाउँपालिका भित्रका एक विद्यालयका शिक्षकले जानकारी दिए ।
आईतबारबाट शारदा माविमा भौतिक रुपमा बिहान १० बजेबाट दिउँसो १ बजेसम्म भौतिक रुपमा उपस्थित विद्यालय सुचारु गरिएको छ ।






















