
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी ५ महिनाको कोरोना संक्रमणको स्थितीबारे प्रक्षेपण गरेको छ । मन्त्रालयले प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा तथ्याङ्कसहित आगामी ५ महिनाको स्थिती प्रस्तुत गरिएको हो ।
सो अवधिभर १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने अनुमान गरिएको छ । जसमा ३८ हजार ७ सय ७१ जनालाई उपचारको आवश्यक पर्ने मन्त्रालयको प्रक्षेपण रहेको छ । त्यस्तै ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यक पर्ने आंकलन मन्त्रालयको रहेको छ ।
मन्त्रालयले प्रस्तुत गरेको तथ्याङ्कमा सबैभन्दा धेरै संक्रमित श्रावण महिनामा ५३ हजार ३०७, त्यस्तै भदौमा ४५ हजार ७ सय २६, असोजमा ३८ हजार ५९७, कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ सम्म घट्ने जनाइएको छ ।
जसमध्ये ५ प्रतिशत संक्रमितको अवस्था गम्भीर, १५ प्रतिशत संक्रमितको अवस्था जटिल र ८० प्रतिशत संक्रमितको अवस्था सामान्य रहने मन्त्रालयको अनुमान रहेको छ ।

