सरकारले साउन २५ गतेदेखि ३२ गतेसम्म खोप सप्ताह मनाउने

हेटौँडा/ सरकारले साउन २५ गतेदेखि ३२ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । दोस्रो डोज खोप नपाएका १३ लाख ५० हजारलाई जापान र भुटानबाट आएको खोप लगाईने छ ।
जापान सरकारले नेपाललाई सहयोगको लागि प्रतिबद्धता गरेको १६ लाख डोज एस्ट्राजेनेका खोप र भुटानले दिएको ३ लाख खोप काठमाडौंमा १५०, ललितपुरमा ७७ वटा र भक्तपुरमा ३८ वटा गरी खोप सप्ताह मनाइने भएको हो ।