हेटौँडा/ मकवानपुरमा पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ का ५१ वर्षीय पुरुष रहेका छन् । पुरुषमा गत असार १२ गते चितवनमा कोरोना पुष्टि भएको थियो भने असार २७ गते हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।
सेयर गर्नुहोस्






















