मकवानपुरमा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा टुडे
२१ श्रावण २०७८, बिहीबार १६:०१

हेटौँडा/ कोरोना संक्रमण बढेसगैँ मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४७ जना पुगेका छन् ।

१ सय १८ जनामा पिसिआर र ५६ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ८७ र १५ जना गरी थप १ सय २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुले जनाएको छ ।

यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ५९ जनाले कोरोना जितेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*