
हेटौँडा/ पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा कोरोना संक्रमणदर दिनप्रतिदिन बढिरहेको छ , जसले गर्दा स्थानिय उच्च जोखिममा रहेका छन ।
पछिल्लो २४ घण्टामा बकैया गाउँपालिकाको हात्तिसुडेँमा एक जनाको कोरोना भाईरस संक्रमणका कारण मुत्यु भएको छ । मुत्यु हुनेमा हात्तिसुडेँ नजिकै रहेको जलजलेकी २३ बर्षीय महिला रहेकी छिन । उनलाई हिजो उपचारका क्रममा भरतपुर लगिएको थियो । अपरहान्नमा उनको मुत्यु भएको हो ।
बकैया गाउँपालिकामा कति संक्रमित छन भन्ने कुनै औपचारिक तथ्याङ्क भने छैन । बकैयाको गाउँगाउँमा कोरोना तीव्र रुपमा फैलिएको स्थानियको भनाई छ ।
यस्तै बकैया गाउँपालिका –७ हात्तिखोलाका एक १५ बर्षीय किशोरीको हेटौंडा र चितवनमा उपचार हुन नसकेपछि राजधानीको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ ।
सरकारले वितरण गरेको खोप गाउँपालिकामा प्रभावकारी रुपमा वितरण हुने नसकेको तथा स्वास्थ्य मापदण्डको पूर्ण पालना नहुँदा ग्रामिण क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिएको अनुमान गरिएको छ ।
