
हेटौंडा/मालपोत कार्यालय मकवानपुरमा बिहिवार (आज) एक वृद्धा महिला बेहोस भएर लड्दा मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नंबर ६ सामरी घर भएकी ७८ वर्षिया पञ्चमाया गौतमको आज मालपोत परिसरमै ज्यान गएको हो ।
मालपोत परिसरमा दिउँसो एक्कासी बेहोस भएको अवस्थामा वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । वृद्धाको शव परिवाले बुझेको प्रहरीले जनाएको छ । वृद्धा केहि दिनदेखि अंशबन्डाको जग्गा पासको लागि मालपोत धाइरहेकी थिइन् ।


सेयर गर्नुहोस्