मकवानपुरगढीमा कोभिड अस्थायी अस्पतालको आइसोलेसन वार्ड भरिदै, आज मात्रै ११ संक्रमण थपिए,

हेटौडा टुडे
२१ श्रावण २०७८, बिहीबार २१:१४

हेटौंडा ।  मकवानपुरगढिमा रहेको कोभिड अस्थाई अस्पताल कोरोना संक्रमिलेे भरिने अबस्थामा रहेको छ । आज मात्र ५ जना आईसोलेसनमा भर्ना भएका छन ।आज बिहिबार मात्रै मकवानपुरगढीमा ११ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका मध्ये ९ जना वडा नम्बर ३ र बाकी २ जना अन्य वडाको रहेका छन् ।

संक्रमण देखिनेमा हेटौंडा अस्पतालबाट प्राप्त पि. सि. आर. रिपोर्टबाट ५ जना र मकवानपुरगढीमा गरिएको एन्टिजे परिक्षणबाट ६ जनामा संक्रमण पुष्टि भएको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले जानकारी दिनुभयो ।                                                                                             आज बिहीवार सम्ममा मकवानपुरगढीमा कोभिड १९ को दोस्रो लहरबाट कुल ३२६ जनामा कोरोना पुष्ठि भईसकेको छ । बिहीबार सम्ममा २८६ जना १४ दिन पुरा गरी संक्रमणमुक्त भएका छन् ।  आज मात्र दुई जना संक्रमण मुक्त भएका छन । आज सम्म गढी गाउँपाालिका ४० जना सक्रिय संक्रमित रहेको र संक्रमित मध्ये ३३ जना होमआईशोलेसनमा , कोभिड अस्थायी अस्पताल मक्रान्चुलिमा ५ जना र २ जना हेटौंडा अस्पतालमा उपचाररत रहेको छन । आजको दिन सम्ममा मकवानपुरगढी गाउँपालिकमा ५ जनाको कोरोनाको कारण मृत्यु भईसकेको स्वास्थ्य प्रमुख लामिछानेले बताउनु भयो ।                                                                                                                                  मकवानपुरगढी गाउँपालिका स्थिति वडा नम्बर ३ मा रहेको कोरोना अस्थायी अस्पतालमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । आज मात्र पाच जना संक्रमीत थपिदा त्यहा १० जना संक्रमितले सेेेवा लिईरहेेेका छ्न । १५ बेडको सिट क्षमता रहेको उक्त आईसोलेसन सेन्टरमा संक्रमीत हरुलाई सुरक्षात्मक सामाग्री हरुको अवस्यकता रहेको लामिछाने बताउनु भयो । हावा हुरिले गर्दा दुई दिन देखि विद्युत अबरुद्ध हुदा त्यहा जेनेरेटर तथा ईन्भटर जस्ता विद्युतिय सामाग्रीको अवस्यकता रहेकाले लामिछानेले सहयोगी मनहरुलाई सहयोग गर्न पनि हेटौंडा टुडेलाई बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*