आज मकवानपुर प्रशासनको बैठक बस्दै

हेटौंडा टुडे
२२ श्रावण २०७८, शुक्रबार १०:३५

हेटौँडा/ कोरोना संक्रमणदर दिनप्रतिदिन उकालो लाग्दै छ । कोरोना संक्रमितको संख्या बढे संगै संक्रमणको जोखिम पनि उच्च बढेको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा कोरोना संक्रमित तिब्र रुपले बढे संगै जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनले जारी निषेधाज्ञालाई कडाई गर्ने थप गर्ने तयारीमा गरेको छ ।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञा साउन २४ गते आईतबार सम्म रहेको छ ।

जिल्लामा संक्रमण दर बढिरहेको र निषेधाज्ञा समयसिमा नजिकिदै गर्दा जारी निषेधाज्ञालाई कसरि अगाडी बढाउने भन्ने विषयमा छलफल गर्नको लागि आज प्रशासनको बैठक बस्न लागेको जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख प्रजिअ भरत मणी पाण्डेले जानकारी दिए । उनले बैठकको छलफल र निष्कर्ष पछि निषेधाज्ञाको विषयमा ठोस निर्णय आउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*