मकवानपुरका निर्माण व्यवसायीहरु र कामदार–कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप

हेटौँडा/ निर्माण व्यवसायी संघ मकवानपुरको संयोजनमा संघको हेटौँडा उपमहानगरपालिका ४ स्थित सचिवालय भवनमा दुई दिनमा निर्माण व्यवसायी र निर्माण सम्बद्ध कर्मचारी गरी आठ सय जनालाई कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाइएको हो ।
अनलाइन फर्म भरेकालाई मात्र खोप लगाइएको जानकारी दिँदै १८ वर्षभन्दा माथि उमेरका ७० वर्षसम्मकाले खोप सुविधा प्राप्त गरेको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर ढकालले जानकारी दिए ।
पछिलो पटक कोरोनाविरुद्धको खोप लगाउँदा कार्यालयमा नै अनलाइन फर्म भरेका मकवानपुरका निर्माण व्यवसायीहरु र निर्माणसम्बद्ध कामदार–कर्मचारीहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको हो ।