हराएकी ११ वर्षीया बालिका तीन दिनदेखि बेपत्ता

हेटौडा टुडे
२२ श्रावण २०७८, शुक्रबार ११:०७

हेटौडाँ/ बाराको जितपुर सिमरा उपमहानगरपलिका–२२ की ११ वर्षीया बालिका सुनिता सुनारकोे ३ दिनदेखि कुनै अत्तोपत्तो छैन ।

घटनामा संलग्नको आरोपमा सिमरा प्रहरीले बालिकाको मामाको छोरा पर्ने गणेश विकलाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ गरेको गणेश विक पेसाले सहचालकको काम गर्छन्। सोही क्रममा उनले केही दिनअघि चितवनको मुग्लिनमा खाना खाने क्रममा ती महिलालाई भेटेका थिए। त्यसपछि विकले ती महिलासँग विवाह गर्ने भन्दै साउन १८ गते बालिकाको घरसँगै रहेको बालिकाको ठूलीआमा पर्नेको घर महिलालाई लिएर गएका थिए।

गएको साउन १९ गते मंगलबार बिहान १० बजेतिर घरमा आएकी एक अन्जान महिलाले पसल लैजान्छु भन्दै लगेपछि बालिकासहित ति महिला आफैँ पनि बेपत्ता भएकी छिन् ।

खोजीकै क्रममा हेटौंडा वडा नम्बर–११ ठेगाना खुलेको अन्दाजी १८–१९ वर्षकी विमला मगर नाम बताउने किशोरीले साउन १९ गते मंगलबारबाट बालिकालाई बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

बालिका बेपत्ता भएकै दिन ती महिलालाई बालिकासँगै उनको छिमेकीले हेटौंडाको बसपार्कमा पनि देखेको हुनाले मकवानपुर प्रहरी र सिमराको प्रहरी टोलीले बालिकाको खोजी गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*