हेटौंडामा आजबाट कोरोनाविरुद्धको पहिलो भेरोसेल खोप लगाईदै

हेटौंडा टुडे
२०७८ श्रावण २२, शुक्रबार ११:३२ गते

हेटौँडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा आज शुक्रबारबाट अनलाईन मार्फत फारम भरेकालाई कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन सुरु गरिएको छ ।

हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार हेटौंडा उपमहानगरपालिकाको १ नंबर वडा देखि ११ नंबर वडाहरुको सबै वडाको वडा स्वास्थ्य कार्यलयमै खोप लगाउने तथा व्यवस्थापन गरिएको छ ।

जिल्लामा खोप लगाएका मध्ये ४७ हजार ६ सय २ जनाले कोरोना विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*