७८ लाख बराबरको अवैध मोबाइल सहित नवलपुरबाट एकजना पक्राउ

हेटौंडा टुडे
२२ श्रावण २०७८, शुक्रबार ११:४८

हेटौँडा/ चितवन भरतपुरमा ७८ लाख बराबरको भन्सार छलेर ल्याइएका ५ सय ९५ थान मोबाइल सहित नवलपुरको दुम्किबास बाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर ८ का अर्जुन ढकाल रहेका छन ।

ईलाका प्रहरी कार्यालय दुम्किबासको टोलिले दुम्किबास प्रहरी चौकी अगाडी चेकजाँच गर्ने क्रममा प्रदेश ३-०१२३ च ५५४४ नं को कार चेक जाँच गर्ने क्रममा विभिन्न कम्पनी र मोडलका ५ सय ९५ थान सहित अर्जुन ढकाल र कार चालक ईन्द्रलाल श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलीप कुमार गिरीले बताए ।

बरामद गरिएका मोबाइलको बजार मूल्य ७८ लाख भन्दा धेरै हुने प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी गिरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*