आजको मौसम

हेटौंडा टुडे
२२ श्रावण २०७८, शुक्रबार ११:५६

हेटौँडा/ हाल नेपालमा मनसुनी वायुको प्रभावका कारण हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*