आज नेवार समुदायले घण्टाकर्ण पर्व मनाउँदै

हेटौंडा टुडे
२०७८ श्रावण २२, शुक्रबार १२:११ गते

हेटौँडा/ नेवार समुदायले आज घर घरमा भूतप्रेत मन्छाउँदै गँठेमंगाः चर्‍हे अर्थात् घण्टाकर्ण पर्व मनाउँदैछन।

आजैको दिन घरको मुल ढोका र मुख्य निदालमा पञ्चरंगी मयुरको प्वांख र तीन खुट्टै फलामको किला ठोक्ने चलन छ। यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ।

आजको दिन भक्तपुरका टोलटोलबाट नर्कट र छ्वालीका विभिन्न स्वरुपका मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई चोकचोकमा ठ्ड्याइन्छ। त्यसका लागि जगात उठाउने प्रचलन रहेको छ।

आजकै दिनबाट नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ। भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको लागि आजकै दिनबाट मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*