अनेरास्ववियु हेटौंडाद्वारा विद्यार्थीको लागि खोप छुट्टाउन माग,

हेटौडा टुडे
२२ श्रावण २०७८, शुक्रबार १२:५०

हेटौँडा/ नेकपा एमाले भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु हेटौंडा उपमहानगरपालिका कमिटिले बागमती प्रदेशको राजधानी हेटौंडामा उपमहानगर संग विद्यार्थीको लागि कोरोना विरुद्धको खोप छुट्टाउन माग गरेको छ ।

सामान्य सवारी चालक समेतले खोप लगाइसकेको अवस्थामा विद्यार्थीहरुलाई पनि खोपमा समावेश गर्न अनेरास्ववियु नगर अध्यक्ष नवराज शर्माले प्रमुख जिल्ला अधिकारी प्रजिअ भरतमणी पाण्डेलाई अनुरोध गरेका हुन् ।

आज अनेरास्ववियु केन्द्रीय सदस्यहरु आशिष अस्लामी, नितेस लामिछाने, भुवन मैनाली, नवीन मिश्र, हेटौंडा उपमहानगर संयोजक नवराज शर्मा जिल्ला सदस्य भुपेन्द्र राना लगायतका टोलि खोप माग गर्न उक्त कार्यलयहरु पुगेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*