अन्तत :चितवनको भण्डारामा फेला परिन् सुनिता सुनार

हेटौंडा टुडे
२२ श्रावण २०७८, शुक्रबार १४:१५

हेटौँडा/ सिमरास्थित आफ्नै घरबाट हराएकी बालिका सुनिता सुनार ४ दिनपछि शुक्रबार चितवनको भण्डारामा फेला परेकी छिन। साउन १९ गते मंगलबार घरमा आएकी एक अन्जान महिलाले पसल लैजान्छु भन्दै सुनारलाई लिएर गएकी थिइन्।

बेपत्ता बालिकालाई उनै महिलाको साथबाट शुक्रबार फेला पारिएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी मनोजित कुँवरले जानकारी दिए।

चितवन प्रहरीको समन्वयमा सिमरा प्रहरीले बालिकासहित ती महिलालाई पक्राउ गरी सिमरा लैजाँदै छ। ती महिलाले के उद्देश्यले बालिकालाई बेपत्ता पारेको हो भन्ने विषयमा अनुसन्धान हुने उनी बताउँछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*