मकवानपुरमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा टुडे
२२ श्रावण २०७८, शुक्रबार १५:२८

हेटौँडा/ मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

१ सय ३६ जनाको पीसीआर परिक्षण गर्दा ६४ जनामा कोरोना पुष्टि भएको हो भने ३५ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना पुष्टि हुनेको संख्या ७० पुगेको छ । यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*