जिरा मसला स्वादको पेय पदार्थ जिरु अब हेटौँडामा

टुडे संवादाता
२०७८ श्रावण २२, शुक्रबार १६:२४ गते

हेटौँडा /सिंगापुरे वेभरेज नेपाल प्रा.लि झापाले उत्पादित स्वदेशी ब्राण्डका विभिन्न पेय पदार्थहरु बजारमा ल्याएको छ । जिरा र विरेनुनको स्वाद र उपयोगिताले भरीपूर्ण जिरु नामक पेय पदार्थ प्रदेश राजधानी हेटौंडामा विक्रीवितरण सुरुभएको छ ।

कम्पनीले कोकाकोला जस्तै क्लब कोला, मनसुन ड्यु, फेन्सी, क्लब सोडा, राइट नामका विभिन्न चिसो पेयपदार्थ उत्पादन गरी विक्री वितरण गरेको लामो समय पश्चात विरेनुन र जिरा मसलाको स्वादमा जिरु नामको पेय पदार्थ लन्च गर्दै विक्रि वितरण गरिएको एरिया सेल्स म्यानेजर मणिराज बरालले बताए ।

स्वदेशी उत्पादितमा प्रयोग गरौं भन्दै विगत ५ महिना देखी हेटौंडामा विक्री वितरण सुरु गरेको उत्पादित पेय पदार्थ अब विरेनुन र जिरा मसलाको स्वादमा स्वास्थ्यलाई राम्रो हुने किसिमले ल्याइएको बरालले बताए । अन्य उत्पादित वस्तु जस्तै जिरु २५० मिलिलिटर देखी २ लिटर २५० मिलिटर सम्मको साइजमा पाइने सेल्स अपिसर विशाल राईले बताए । ५ महिना देखी बेचिरहेका छौं प्रयोग कर्ताको राम्रै प्रतिक्रिया आएको उनी बताउछन् ।

जिरुको २५० मिलिको ४० रुपैयाँ बजार मुल्य रहेको छ भने आधा लिटर र ६ सय मिलिलिटरको ७० रुपैयाँ मुल्य पर्ने हेटौंडाको लागि आधिकारिक विक्रेता सतगुरु सप्लायर्सका सञ्चालक अजय शर्माले बताए । उनले एक क्रेड भन्दामाथि अर्डर आएमा होमडेलिभरीको व्यवस्था रहेको बताएका छन् । हेटौंडाको बुद्धचोकमा यी उत्पादित वस्तु जिरु र सोडाको सर्वसाधारणलाई जानकारी दिदैं प्रयोग गराउदैं इच्छुकलाई विक्री पनि गरिरहेका छन् । यो क्रियाकलाप २ दिन हुने कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*