हेटौँडा/ प्रहरीले चेकजाचँ गर्ने क्रममा बैजनाथ गाउँपालिका-६ सम्झना चोकबाट हात्तीको जस्तो देखिने २ वटा दाँत सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दाङ बबई गाउँपालिका-५ बस्ने ५० वर्षीय दल बहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिका-३ बस्ने ८५ वर्षीय टिकाराम सुनार र सोही ठाउँ बस्ने ४८ वर्षीय धन बहादुर सुनार रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सेयर गर्नुहोस्






















